सुचना, समाचार र मनोरन्जन

निश्चलले ‘दिमाग खराब २’बनाउने,रिलिज अर्को दसैंमा

काठमाडौं :

निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’को सिक्वेलको घोषणा गरेका छन्। उनले शनिबार प्रदर्शनको ५१ औं दिनको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा सिक्वेलको घोषणा गरेका हुन्।

Chaka Panja

उनले फिल्म ‘दिमाग खराब’ले ५१ दिन मनाएको अवसरमा दर्शकको माग अनुसार दोस्रो पार्ट निर्माण गर्न लागेको बतए। उनका अनुसार फिल्म ‘दिमाग खराब २’ ८३ सालको दसैंमा प्रदर्शन हुनेछ।

शनिबार दिमाग खराब टिमले रञ्जना हलमै केक काटेर कार्यक्रमको आयोजना गरेका थिए। फिल्मले ५१ दिनसम्म १० करोड हाराहारीमा ग्रस कलेक्सन गरेको बताइएको छ ।

फिल्ममा निर्देशक निश्चलसहित खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, दयाहाङ राई लगायतले अभिनय गरेका छन् । सिनेमा आर्टको ब्यानरमा फिल्म निर्माण भएको हो ।

Leave A Reply

Your email address will not be published.