सुचना, समाचार र मनोरन्जन

परोपकार सर्वेश्वर आमा समूहद्वारा निःशुल्क आँखा शिविर, १५२ जनाले लिए सेवा

पोखरा,

परोपकार सर्वेश्वर आमा समूह, पोखरा–४ को आयोजना तथा दृष्टि आँखा हस्पिटल, पोखरा–९ को प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरको उद्घाटन समूहकी संस्थापक अध्यक्ष तथा ज्येष्ठ नागरिक जानकीदेवी कोइरालाको आँखा परीक्षण गरी गरिएको थियो।

शिविरमा ८७ वर्षीय ज्येष्ठ नागरिक लक्ष्मीप्रसादसहित १५२ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएको संस्थाकी सचिव रञ्जिता बास्तोलाले जानकारी दिइन्।

आँखा परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका जटिल प्रकृतिका बिरामीलाई दृष्टि आँखा हस्पिटलले विशेष छुटसहित उपचार सेवा उपलब्ध गराउने जनाएको छ।

समूहकी अध्यक्ष रुकु कोइरालाले शिविर सफल बनाउन प्राविधिक सहयोग गर्ने दृष्टि आँखा हस्पिटलको टोली तथा शिविरमा सहभागी सबै सेवाग्राहीप्रति धन्यवाद व्यक्त गरिन्। साथै, आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरिन्।

Leave A Reply

Your email address will not be published.