काठमाडौँ,
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा।लि।ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा ‘पन्च इभी’मा आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ‘पन्च इभी’ खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो।
यो योजना फेब्रुअरी महिनाभर टाटाको ‘पन्च इभी’ खरिदमा मात्र लागू हुनेछ । कम्पनिका अनुसार ‘पन्च इभी’ गाडी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो ।
फेब्रुअरी महिनाभरि ‘पन्च इभी’ गाडी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरू गाडी साट्ने बेलामा ७० प्रतिशत ग्यारेन्टेड रिसेल पाउनेछन् ।