सुचना, समाचार र मनोरन्जन

टाटाको ‘पन्च इभी’ किन्ने ग्राहकका लागि ७० प्रतिशत ‘रिसेल ग्यारेन्टेड’

काठमाडौँ,

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा।लि।ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा ‘पन्च इभी’मा आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ‘पन्च इभी’ खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो।

Pach Pandav

यो योजना फेब्रुअरी महिनाभर टाटाको ‘पन्च इभी’ खरिदमा मात्र लागू हुनेछ । कम्पनिका अनुसार ‘पन्च इभी’ गाडी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो ।

फेब्रुअरी महिनाभरि ‘पन्च इभी’ गाडी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरू गाडी साट्ने बेलामा ७० प्रतिशत ग्यारेन्टेड रिसेल पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.