आजको दिन पोखरावासी दर्शकहरूका लागि विशेष बन्ने पक्का छ। नेपाली एक्सन फिल्म ‘नरसिंहाः अवतार’ ले देशभरि उत्साह कमाइरहेको बेलामा, फिल्मका मुख्य कलाकारहरू सहित सम्पूर्ण टिम आज पोखरामा प्रत्यक्ष उपस्थित भएका छन्। महानायक राजेश हमाल, करिब आठ वर्षपछि पर्दामा फर्किएपछि, दर्शकको माया प्रत्यक्ष रूपमा अनुभूति गर्न पोखरा आएका हुन्।
Wedding Camera, Summit Ranjit Photography
हमालसँगै, चर्चित कलाकार,राज कटुवाल, सनिषा भट्टराई, निर्माता छविराज ओझा, पनि पोखरा आइपुगेका छन्। निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रले समाजका यथार्थ मुद्दालाई गहिरो रूपमा समेट्दै उच्च स्तरको एक्सन र भावनात्मक दृश्यमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाइरहेको छ।
Wedding Camera, Summit Ranjit Photography
आजै पोखराका विभिन्न सिनेमा हलहरूमा विशेष भेटघाट कार्यक्रम आयोजना गरिँदैछ, जहाँ दर्शकहरूले आफ्ना प्रिय कलाकारहरूसँग प्रत्यक्ष संवाद गर्ने मौका पाउने छन्। चलचित्र प्रेमीहरूका लागि यो केवल चलचित्र हेर्ने मात्र होइन, आफ्ना सुपरस्टारहरूसँग आत्मीय क्षण बाँड्ने अविस्मरणीय अवसर हो।
Wedding Camera, Summit Ranjit Photography
अभिनेता राजेश हमालको ८ वर्षपछिको कमब्याक गरेका यस फिल्ममा प्रेम, परिवार र बदलाको कथा हो। यसमा राजेशलाई शोषण, अन्याय र अन्याचारको विरुद्ध लड्ने अभिनेताको रुपमा प्रस्तुत गरिएको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजेशसहित नीर शाह, नीति शाह,सरोज खनाल लगायत कलाकारहरूको अभिनय छ।
Wedding Camera, Summit Ranjit PhotographyWedding Camera, Summit Ranjit Photography