सुचना, समाचार र मनोरन्जन

पूर्वगृहमन्त्री लेखकको रिहाइको मागमा सर्वोच्च अदालतले दियो कारण देखाऊ आदेश

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । लेखकलाई रिहा गर्न माग गर्दै दायर रिटमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।

यस्तै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिए पनि आदेश आउन बाँकी छ । ओलीकी श्रीमती राधिका शाक्य र लेखककी श्रीमती यशोदाले निवेदन दर्ता गराउनुभएको हो । ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।

प्रहरीले अस्ति शनिवार दुवै नेतालाई पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनबारे जाँचबुझ गर्न गठिन आयोगको सिफारिशअनुसार बल प्रयोग गरेको अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न प्रहरीले उहाँहरूलाई पक्राउ गरेको हो ।

हिजो जिल्ला अदालत काठमाण्डौले ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

Leave A Reply

Your email address will not be published.