सुचना, समाचार र मनोरन्जन

रास्वपाको बाचापत्र: ७ वर्षमा ३ हजार अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ लोकप्रिय नारा सहित आगामी निर्वाचनको लागि बाचापत्र सार्वजनिक गरेको छ। बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेको हो ।

रास्वपा पार्टीका उपसभापति स्वर्णिम वाग्लेले १८ लोकप्रिय नारा सहितको बाचापत्र सार्वजनिक गरे । उनले रास्वपालाई स्पष्ट बहुमत दिए मुलुकमा अर्थतन्त्रको सुधार गर्न स्पष्ट खाका कोर्ने बताए । उनले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमूल सुधारको यात्रा तय गर्ने बताए।

उनले रास्वपाले अब सरकारी सेवामा लाइन होइन अनलाइन प्रणालीमा काम गर्ने घोषणा गरे ।उनले सरकारको संस्थागत सुधारको बहस गरिने बताए । उनले पूर्वाधार निर्माणको कामलाई मिसन मोडमा योजना कार्यान्वयन गर्ने गरी घोषणापत्र तयार पारेको बताए ।

उनले भने,‘ अर्थतन्त्रमा दशकौँ देखि थाति रहेका सुधार अघि बढाउने, आर्थिक फड्को मार्नको लागि दर्जनौँ ऐन र नियमावली खारेज, स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने निजी क्षेत्र साझेदार र भरपर्दो सारथी हुने छ, सबै करहरूको बोझ घटाउने, झनझटीलो प्रक्रियाको जालो हटाउने पहिलो प्राथमिकता छ ।’

उनले १० वर्षमा सम्मानजनक आय भएको मुलुक बनाउने पनि घोषणा गरे । उनले मुलुकको स्थिर मूल्यका आधारमा आगामी सात वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको बताए । उनले ५ देखि ७ वर्षमा १०० खर्ब डलरको अर्थतन्त्र बनाउने योजना रहेको पनि बताए ।

यस्ता छन् १८ लोकप्रिय नारा

–सरकारी सेवामा लाइन होइन अनलाइन

–संस्थागत सुधार बहस

–मिसन मोडमा योजना कार्यान्वयन

–राज्य प्रति नागरिकको भरोसा र विश्वास बढाउने

–अर्थतन्त्रमा दशकौँ देखि थाति रहेका सुधार अघि बढाउने

–आर्थिक फड्को मार्नको लागि दर्जनौँ ऐन र नियमावली खारेज

–स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने निजी क्षेत्र साझेदार र भरपर्दो सारथी हुने छ

–सबै करहरूको बोझ घटाउने

–झनझटीलो प्रक्रियाको जालो हटाउने

–आइटी,कृषि,पर्यटन,खनिज,उत्पादन मुलुक उद्योग,सेवा व्यापार साथ

–निजी क्षेत्रको दैलोमा सरकार

–१० वर्षमा सम्मानजनक आय भएको मुलुक बनाउने

–स्थिर मूल्यमा ७ प्रतिशतको आर्थिक वृद्धिदर

–प्रतिव्यक्ति आम्दानी ७ वर्षमा ३ हजार अमेरिकी डलर

–५ देखि ७ वर्षमा १०० खर्ब डलरको अर्थतन्त्र बनाउने

–कृषिमा आत्मनिर्भर बनाउने

–मल,बिउ,उत्पादन र बजारको मूल्यको समस्या समाधान खोज्ने छौँ

–एक पटकको नेपाली सधैँको नेपाली नारा लिएर अघि बढ्छौँ

Leave A Reply

Your email address will not be published.