सुचना, समाचार र मनोरन्जन

सहकारीका ऋणी विरुद्ध पनि पक्राउ पुर्जी जारी

विराटनगर/

जिल्ला अदालत मोरङले विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतमा दायर मुद्दामा प्रतिवादी बनाइएका ऋणी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागारमा छन् ।

Pach Pandav

जिल्ला अदालत मोरङमा सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले दायर कात्तिक १ गते मुद्दा दायर गरिएको थियो । २ कात्तिकमा जिल्ला अदालतले अध्यक्ष कर्णलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

मुद्दामा फरार प्रतिवादीका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भइरहेको छ’ उनले भने, ‘अहिलेसम्म ५० जनाको पक्राउ पुर्जी जारी गरी प्रहरीलाई पठाएका छौं, फरार प्रतिवादी सबैका नाममा पक्राउ पुर्जी जारी हुन्छ ।’

जिल्ला अदालतमा ८८ जना ऋणीसहित १०९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएकामध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालक हुन् ।

प्रहरीको अनुसन्धानका क्रममा साे सहकारीमा ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको थियाे ।

Leave A Reply

Your email address will not be published.