Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक फिल्म
- प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार
- १३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम
- ‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
- रुकुमपश्चिमकाे पर्यटक लोभ्याउने ‘ठूली दह’
- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
सामुदायिक कुकुरको स्याहार संरक्षणमा ‘ज्योति’ का सात वर्ष
स्याङ्जा,
यहाँकी एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने सामुदायिक कुकुरको संरक्षण र स्याहार गर्दै आएका छन । सडकमा हिँड्ने सामुदायिक कुकुरप्रति गरिने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि स्याङ्जाको वालिङ–८ केदारनाथ मार्गकी ज्योति अधिकारीले सडकका सामुदायिक कुकुरलाई दैनिक खाना खुवाउने, स्याहार तथा संरक्षण गर्दै आएका हुन ।
कोभिड–१९ बाट सिर्जित ‘लडकडाउन’का बेला सडकका कुकुरले खान नपाएर रुने कराउने गरेको पीडादायी अवस्था देखेलगत्तै उहाँ दैनिक खाना खुवाउँदै आएकी हुन । “यिनीहरुको पनि यस धर्तीमा बाँच्ने अधिकार छ, तर सामुदायिक कुकुरलाई गरिने व्यवहार फरक छ”, उनले भने, “सडकका कुकुरलाई गरिने दुव्र्यवहार देख्दा मन खिन्न हुन्छ, सकिन्छ संरक्षण गरौँ, सकिन्न दुव्र्यवहार नगरिदिनुहोस् ।”
उनले दैनिक साँझमा सडकका कुकुरलाई भात, मासु, दूधभात, आँटो, ढेँडो दिन्छन । साथै उहाँले कुखुराको टाउको खुट्टालगायत मासु ल्याएर पानीमा उमालेर दिने गर्नुभएको छ । दिनभर यत्रतत्र डुलेर कुकुर साँझ खाना खाने बेलामा ठ्याक्कै घरमै आउने गरेका छन् । “दैनिकजसो आठ÷१० वटा सामुदायिक कुकुरलाई खाना खुवाउने गरेकी छु”, उनले भनिन, “उनीहरुलाई छुट्टाछुट्टै प्लास्टिकको थालमा खाना खान दिँदै आएकी छु, उनीहरुको पेट भरिएको देख्दा खुसी लाग्छ ।”
वालिङमै व्यवसाय गर्दै आएकी उनीसहित उनको परिवारले पनि कुकुरको संरक्षणमा ध्यान दिँदै आउएकी छिन । यहाँ भएका सबै कुकुरलाई वालिङ नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको समन्वयमा रेविजविरुद्धको खोप लगाइएको छ।
कुकुरलाई कुनै रोग लागेमा पशु चिकित्सकसँगै समन्वय गरेर उपचार गर्ने गरिएको छ । साँझ खान दिएपछि कुकुरलाई जुटको बोरा, अन्य कपडा तथा डफ्टी विछ्याइदिएपछि आफ्नोआफ्नो ठाउँमा बस्छन् ।
“कहीँबाट केही सहयोग पाइन्छ भनेर होइन, मनैदेखि सामुदायिक कुकुरको संरक्षण गर्दै आइरहेकी छु”, उनले भनिन, “घरघरमा कुकुरहरुलाई बस्दोबस्तीसित पाल्न हुन्छ, तर सडकका कुकुरलाई लखेट्ने, पिट्ने, दुव्र्यवहार गर्छौं यसो नगरौँ यिनीहरुको पनि हाम्रो जस्तो प्राण छ, यही धर्तीमा बाँच्ने अधिकार छ, त्यो सुरक्षित गरिदिऔँ ।” यो कुनै अभियान नभएर व्यक्तिगत रुपमा मनैदेखि लागेर गरेको कार्य भएकाले यिनीहरुको संरक्षण र स्याहारमा रमाइलो लाग्ने गरेको उनी बताउछिन।
Prev Post