Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अरिहार्य’
काठमाडौँ,
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले मानव समुदायको साझा चुनौतीका रुपमा देखापरेको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायको एकताबद्ध प्रयास अपरिहार्य रहेको बताएका छन ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उनले नेपालको एक्लो प्रयासले जलवायु परिवर्तनका कारण प्रकृतिमा आएको बदलाव सामना गर्न नसकिने र त्यसका लागि विश्व समुदायको साथ, सहकार्य आवश्यक भएको बताए।
“यो हाम्रो मात्रै तागतले हुँदैन, विश्व समुदायको चिन्ताको कुरा हो । तर मैले पर्यटन मन्त्री र सांसद्को जिम्मेवारीमा रहँदा भन्दै आएको छु, जलवायु परिवर्तनले ल्याएको सङ्कटलाई पनि पर्यटनको ‘स्किम’ बनाउनुपर्छ”, उनले भने । उनले जलवायु परिवर्तनले विश्वमा पारिरहेको प्रभाव र त्यसबाट प्रत्यक्ष नेपालले भोगिरहेको चुनौतीबारे जानकारी दिन विगत र वर्तमानका तस्बीर प्रदर्शनीमा राख्न सुझाव दिए ।
नेता किरातीले भन्नुभयो, “संसारभर अहिले मान्छेले जलवायु परिवर्तन भयो त भनिरहेको अवस्था छ, तर त्यसको प्रत्यक्ष प्रभाव चाहीँ हिमालय क्षेत्रमा कसरी पर्दैछ, हिमालहरु कति वर्षमा काला पहाड भए, हिमताल कसरी फुट्दैछन्, यसका जोखिम के छन्, आउनुस् तपाईँहरु भन्ने होभने अध्ययनका निम्ति उनीहरु आउँछन् हाम्रा लागि त्यो पर्यटन हुन्छ ।” उनले प्रदर्शनीमा राखिएका तस्बिरहरु पर्यटनको ‘ब्राण्डिङ’ तथा सांस्कृतिक दस्तावेजका रुपमा रहेको बताए ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सांसद किरातीलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्व र तस्बीर प्रदर्शनीबारे जानकारी गराएका थिए। यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्वीर राखिएका छन् ।
Next Post