सुचना, समाचार र मनोरन्जन
Sarangi

आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अनमोललाई तीन दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं :

अभिनेता अनमोल केसीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले अनमोललाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अनमोललाई आजै महानगरीय प्रहरी परिसर टेकुमा करिब ३ घण्टा लामो बयान लिएको थियो।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् । काठमाडौं जिल्ला अदालतले अनमोललाई पक्राउ गरेकै दिन गन्तीबाट म्याद थप गरेको थियो।

एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि ‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध आपराधिक विश्वासघात गरेको भन्दै अपराध महाशाखा बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका थिए ।

Leave A Reply

Your email address will not be published.