काठमाडौं :
हास्य टेलिफिल्म ‘सक्किगोनी’का सागर लम्साल ‘बले’ले ५३ लाखमा ईभी गाडी खरिद गरेका छन्। उनले हालै विद्युतिय गाडी किनेका हुन्।
नेपाली सेलिब्रेटीमा विद्युतिय गाडी चढ्नेमा हरिवंश आचार्य, सरोज खनाल, सञ्जोग कोइराला,वर्षा राउत लगायत छन्। उनीहरुले लामो समयदेखि ईभी गाडी प्रयोग गर्दै आएकोमा अब लम्साल पनि थपिएका छन् ।
यसअघि हुन्डाईको आई–ट्वान्टी एक्टिभ चलाउँदै आएका कलाकार सागरले त्योसँग साटेर एमजी ब्राण्डको ईभी गाडी ५३ लाख रुपैयाँमा किनेका हुन् । उनका अनुसार पेट्रोलबाट चल्ने गाडी चलाउँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । त्यो पैसा बचाउनका लागि उनले विद्युतीय गाडीले बताउँछन्। उनी हास्य टेलिफिल्म ‘सक्किगो नि’ टिभी सिरिज र म्युजिक भिडियो र मेला महोत्सवमा व्यस्त रहदै आएका छन्।