सुचना, समाचार र मनोरन्जन

माओवादीका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, को कहाँ?

काठमाडौं /

नेकपा {माओवादी केन्द्र}को दुई दिनदेखि जारी स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार सम्पन्न बैठकले सातवटै भूगोलको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

Chaka Panja

उनका अनुसार माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाएका छन् भने सहइन्चार्जको जिम्मेवारी सावित्रिकुमारी काफ्लेलाई दिएको छ ।

मधेशको इन्चार्जमा लिलामणि पोखरेललाई यथावत राख्दै सहइन्चार्जको जिम्मेवारी विश्वनाथ साहलाई दिइएको छ। बागमतीको इन्चार्ज पार्टी प्रवक्ता सापकोटा नै बनेका छन् भने सहइन्चार्ज टुंगो लाग्न सकेको छैन।

यस्तै गण्डकीको इन्चार्जमा दिनानाथ शर्मालाई तोकिएको छ भने सहइन्चार्जमा हरिराज अधिकारी रहेका छन्।

Leave A Reply

Your email address will not be published.