काठमाडौं :
दसैंको फूलपातीमा दुई फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’का समर्थक सामाजिक सञ्जालमा मज्जाले भिडे। उनीहरुको भिडाईमा अभिनेता तथा निर्माता समेत रहेका दीपकराज गिरी टिम लक्षित थियो। त्यतिबेला बिराज भट्ट निर्देशित फिल्मलाई सपोर्ट गर्दै छक्का पञ्जामाथी सामाजिक सञ्जालकर्ता खनिएपछि ‘साइबर सेना’को कुरा उठेको थियो।
यो फिल्म चलाउने काइदाको उपाय हो र यो फिल्म ‘बलिदान’का निर्माता सन्तोष सेनको भएको आरोप लागेको थियो। यो बिराजको भन्दा पनि सन्तोष सेनको दिमाग चलेको हो भन्ने आरोप लाग्यो। त्यसैको खण्डन गर्दै बुधबार निर्माता तथा निर्देशक समेत रहेका सेनले आफुले त्यस्तो काम नगरेको दाबी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा आइभ आएर उनले २५ मिनेटसम्म कुरा राखेका छन्।
‘जसले उहाँहरुलाई भनेको हो, उसलाई कारबाही त गर्नुपर्छ । प्रकाश दाईलाई कसले भनेको हो त्यो मान्छे पनि ल्याउनुप¥यो अनि दीपक दाईले पनि मैले सुनेको हो भन्नुभएको छ,’ उनले भनेका छन्,‘उहाँलाई सुनाउने मान्छे पनि ल्याउनुप¥यो। मान्छेलाई त्यतिकै लाल्छना लगाउन त मिल्दैन नि । यदि मैले गरेको हो भने मलाई थुन्नुप¥यो। गाली गर्ने समूह बनाएर मान्छेलाई डिप्रेसनमा पार्न सुहाउँछ मलाई ? त्यो हो भने मलाई थुन्नुपर्छ । मलाई जेल हाल्नुपर्छ। म जेल जान तयार छु।’
उनी यतिमा रोकिएका छैनन्। उनी थप्छन्,‘प्रकाश दाई र दीपक दाईले कोबाट सुन्नुभएको हो, त्यसलाई उभ्याउनुप¥यो। उसलाई उभ्याएपछि जरासम्म त पुगिन्छ नि। अहिलेको डिजिटलको समयमा कहाँबाट परिचालन भएको हो, सबै थाहा हुन्छ। उहाँहरुले त दर्शकलाई अपराधी बनाउनुभयो।’
उनले कसैले २० करोड कमाउँदैमा इन्डस्ट्री नधानिने भनाई समेत राखेका छन्। दीपकराज गिरी लक्षित गर्दै भनेका छन्,‘दीपकराज गिरीले इन्डस्ट्री धानेको भन्ने मनगढन्ते कुरा गरिएको छ। एउटाले २० करोड कमाउँदैमा इन्डस्ट्री धानिँदैन। फिल्म रिलिज भएपछि उल्टै प्राविधिक, सर्भरलाई पैसा तिर्नेको पनि उतिक्कै भूमिका छ।