काठमाडौं :
फिल्म ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ। यसअघि भदौबाट सरेको सरै गरेको यो फिल्मको अब भने प्रदर्शन मिति टुङ्गो लागेको हो।
विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो फिल्मलाई निर्माण टिमले मंसिर १८ गतेबाट नसार्ने गरि लक गरेको हो। यसैक्रममा यो फिल्मको निमाृाण् पक्षले नयाँ पोस्टर पनि सार्वजनिक गरेका छन्।
उक्त पोस्टरमा फिल्मका अधिकांश कलाकारहरु अटेका छन्। कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकारहरु पोस्टरमा अटाएका हुन्। सबै कलाकार क्यारेक्टर लुक्समा छन्। कामेश्वर साइकलका छन्। अरु कलाकार आआफ्नै क्यारेक्टर लुक्समा छन्। कुन कलाकारको यो यो फिल्ममा भुमिका रहेको छ भन्ने कुरा सार्वजनिक लुक्स आफैले प्रट्याएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ। चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ । तराईको सेटअपमा रहेको सिनेमाले तराईको कथा भन्ने संकेत गरेको छ। जुन सिनेमाका मुख्य कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि प्रष्ट पार्छ ।
सुशान्त गौतमले निर्देशन गरेको यो फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस मुकेश खनालको लेखन रहेको यो फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतोको डिओपी रहेको यस फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ।