सुचना, समाचार र मनोरन्जन

अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं,

नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रविना पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैंंकले निर्देशनमार्फत अन्यका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बैंक तथा वित्तीय संस्थालाई २०८१ माघ १ गतेदेखि नै विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

त्यसैगरी २०८३ असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भएरनभएको घोषणा गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

Chaka Panja

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर लिइ अद्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्रिय परिचयपत्र लिइनसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिइ ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित खातावालालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६ महिनामा जानकारी दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् ।

यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गर्नुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.