
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एनपीएल उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली
- सातौँ लिटिल फेयरी २०२६ को ताज प्रनाक्क्षी बस्याललाई
- लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा अग्रज तथा योगदानकर्तालाई सम्मान
- प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
- नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छः गृहमन्त्री गुरुङ
- विस्तृत शान्ति सम्झौताको २० वर्ष पुरा
- भोटेकोशीको घाउ: अस्थायी त्रिपाल होइन, दिगो पुनर्वास देऊ
- सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वरमा ‘रामले बाटो देखाइदेऊ’
- मंसिर ११ अघि नै ‘ककाकिकी’को क्रेज: ५ दिनमा १० लाख पार, ट्रेन्डिङमा तेस्रो
- पूजा शर्मा र अशोक दर्जीलाई ‘सेतो कोट’निर्देशन गर्दै शिवम्
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
काठमाडौं,
नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।
साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने १३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् ।