
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘बाटुलो जून’को शीर्ष गीत रिलिज: भुवन केसीसँगै गरिमा पन्तको कमब्याक सरप्राइज
- ‘जलाकी’ को ट्रेलर सार्वजनिक : उपासना र सोनमको जोडीदेखि मिस सिक्किमको डेब्युसम्म चर्चामा
- ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’मा इभाको नृत्य
- गृह मन्त्रालयद्वारा अर्को निर्णय नभएसम्मका लागि एन–प्याब्सन निलम्बित
- बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना, बेपत्ता व्यक्तिको खोजी जारी
- तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ वटा स्टल रहने
- विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
- सोलुखुम्बुको गुडलक होटलमा आगलागी, दुई भवन पूर्णरूपमा जले
- विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधकः नेपाली सेना
- नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा र प्रविधिमैत्री व्यवस्थापनमा जोड
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
काठमाडौं,
नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अङ्कले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अङ्कले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।
साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज दुई सय ५९ कम्पनीको सेयर बढ्यो भने १३ कम्पनीको सेयर घट्यो । त्यसैगरी दुई कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर, शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइन्नास आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् ।