पोखरा,
रेसिङ प्रविधि र आधुनिक फिचरयुक्त TVS Apache RTR 160 4V मोटरसाइकल पोखरामा सार्वजनिक गरिएको छ। जगदम्बा मोटर्सअन्तर्गत पोखराका आधिकारिक डिलर बिनोद पोटेको आयोजनामा भएको कार्यक्रममा नयाँ मोडलको औपचारिक लञ्च गरिएको हो।
लञ्च कार्यक्रममा बाइक पारखी, ग्राहक, व्यवसायी तथा विभिन्न क्षेत्रका अतिथिहरूले नयाँ मोटरसाइकलको डिजाइन, इन्जिन क्षमता, सुरक्षा प्रविधि र राइडिङ अनुभवबारे जानकारी लिएका थिए। कार्यक्रममा सहभागीहरूका लागि मोटरसाइकलको फिचर र प्रदर्शनबारे प्रत्यक्ष प्रस्तुति समेत गरिएको थियो।

Apache RTR 160 4V ले उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र नयाँ प्रविधिका कारण युवा राइडरको रोजाइ बन्ने कम्पनीको विश्वास व्यक्त छ ।

कम्पनीका अनुसार रेसिङ डीएनएबाट प्रेरित यो मोटरसाइकलमा शक्ति, गति, नियन्त्रण र सुरक्षाको सन्तुलित संयोजन गरिएको छ। दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज र आत्मविश्वासपूर्ण राइडिङ अनुभव दिने दाबी कम्पनीको छ।
“Lead the Pack. Light the Way.” नारासहित बजारमा आएको नयाँ TVS Apache RTR 160 4V ले पोखराका बाइकप्रेमीलाई आधुनिक प्रविधि, स्टाइल र प्रदर्शनको नयाँ अनुभव दिने अपेक्षा कम्पनीले गरेको छ।
