काठमाडौं :
फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्तसँगै छायांकन सुरु भएको छ। बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको समेत गरिएको छ। निर्माण पक्षले फिल्मको रिलिज डेट आगामी लक्ष्मी पूजाका दिन कात्तिक ३ गतेलाई तोकिएको निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए। दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने छ। यस फिल्ममा उनीहरुका अलवा माओत्से गुरुङ, प्रदीप चौधरी,रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ।
‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो। आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन्। निर्देशक पौडेलकै कथा र सम्पादन रहने यस फिल्ममा महेश दवाडीको लेखन रहने छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ।
फिल्मका डिओपी मानकृष्ण महर्जन रहेका छन्। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको छ। यस फिल्म ‘पुर्णबहादुरको साराङ्गी’का संगीतकार प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ। ‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ।