सुचना, समाचार र मनोरन्जन

‘बेसारे मायाँ’भन्दै गाए शान्त शिशिरले

काठमाडौं :

आफ्नो संगीतमा नयाँ गीत ‘बेसारे मायाँ…’ को भिडियो संगीतकार शान्त शिशिरले दर्शकमाझ ल्याएका छन्। शान्त शिशिरले यो गीतलाई आफनै अफिसियल युट्युव च्यानल ‘शान्त शिशिर अफिसियल’बाट सार्वजनिक गरेका हुन्।

यो गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन्। गीतलाई नविनबाबु विश्वकर्माले रचना गरेका हुन्। गीतको लयसँगै संगीत शान्त शिशिरको हो । यो लोकदोहोरी भाकाको गीतलाई बिक्रम परियार र अन्जु विश्वकर्माको युगल स्वरमा रेकर्ड गरिएको छ ।

Pach Pandav

दुई दिन अघि रिलिज भएको यो गीतले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाएको संगीतकार शान्त शिशिरले बताए,‘गीत र भिडियो दुबै राम्रो बनेको प्रतिक्रिया दर्शकबाट पाउँदा खुसी लागेको छ,’ उनले भने ।

यो गीतको भिडियोको पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा काजिससँगै सुष्मा कुँवर, सञ्चिता शाही र शान्त शिशिर आफैंले अभिनय गरेका छन् । नृत्य प्रधान यो लोक दोहोरी गीतको भिडियोलाई काजिश आफैंले कोरियोग्राफी गरेका हुन्।

‘बेसारे मायाँ…’मा रक कौशलको छायाँकन, दीपक बिष्टको सम्पादन तथा रँग संयोजन, श्वेता मगरको सृँगार रहेको छ । बिगतमा प्युठान बाग्दुला…, हरपल तिमै…,माछी लेउमा…, करिम…, सुगन्ध…, खोली तरेत…जस्ता थुप्रै हिट गीतको संगीत सृजना गरेका शान्त लोक दोहोरी संगीतमा चलेका संगीतकार हुन् । यिनै संगीतकारले यतिबेला बेसारे मायाँ…गीतको भिडियो आफ्नो संगीतमा सार्वजनिक गरेका हुन्।

Leave A Reply

Your email address will not be published.