Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा रामेश्वर अधिकारीको उम्मेदवारी
- समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’
- ‘झिंगे दाउ २’को ‘जेठानी–देउरानी’ गीत रिलिज, आँचल र केकीको देखियो दोहोरी
- नायिका रजनीले गरिन् बाढी पीडितका लागि स्वास्थ्य शिविर संचालन
- भोटेकोशी बाढीपीडितका लागि जोन्टा क्लबले गर्यो ‘तिनीहरू’को विशेष प्रदर्शन
- असोज २ मा ‘कार्की साइँला’ रिलिज हुँदै गर्दा बाढीपीडितको सहयोगमा अग्रसर प्रियना
- विपदमा NFIA को साथ : ३ करोड १७ लाखभन्दा बढी राहत सहयोग
- भदौ २६ मा आउँदै ‘अक्षरा’ : कृष्ण जन्माष्टमीको अवसरमा बौद्धमा गरियो रथयात्रा
- ‘मायालु’ सार्वजनिक: आकर्षक दृश्यमा सुदीप, कञ्चन र राहुल
- व्यवसायीको आवाज बलियो बनाउन नविन नापितको उम्मेदवारी
फोर स्टेपको ब्रान्ड राजदुतमा नियुक्त भए सरोज
काठमाडौं :
कलाकार तथा चित्रकार सरोज लामिछाने फोर स्टेप कन्सल्टेन्सीको ब्रान्ड राजदुतमा नियुक्त भएका छन्। कन्सल्टेन्सीको वार्षिकोत्सबको अवसरमा सन्चालक समुहले सरोजलाई “ब्रान्ड एम्बासडर” नियुक्त गरेको हो।
यही जेठ १७ गते एक कार्यक्रम गर्दै उनलाई राजदुत नियुक्त गरिएको छ । आखामा पट्टि बाधेर चित्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाउदै गरेका तथा बलिउड सम्म आफ्नो पाइला चालिसकेका चित्रकार तथा कलाकार सरोज लामिछानेको काम हेरेर नै कन्सल्टेन्सीले उनलाई आफ्नो प्रचारकको रुपमा चुनेको हो। लामिछाने बिगत १० वर्ष देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारिता क्षेत्रमा लागेका कलाका साधक हुन्।
लामिछानेलाई नेपालकै पहिलो कलाकार जो आँखामा पट्टि बानेर ५ मिनेटमा चित्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाईरहेको कलाकर्मी भन्ने गरिन्छ । उनी बलिउड सिनेमा ‘उचाई ‘ मा अनुपम खेर को बढी डबल रोल गरेर चर्चाना आएका हुन् । चलचित्र छेत्रमा आएका हुन् । लामिछानेले बलिउड संगै भोजपुरी चलचित्र ,हिन्दि वेब सिरिस ,क्राइम पट्रोल, क्राइम फ़ाइल्स ,छोटो चलचित्र , बिज्ञापन तथा केहि सिनेमा ‘के घर के डेरा ‘, महापुरुष ,’दिमाग खराब’, ‘उपहार ‘ लगायत सिनेममा अभिनय गरेका छन्।
लामिछानेले आईओएम युएन मिसन देखि विभिन्न सस्थामा आबद्द भएर मानसिक स्वास्थ्य तथा मनो-सामाजिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेका छन् । फोर स्टेप कन्सल्टेन्सीले बिगत ७ वर्ष देखि विदेशमा पढ्न चाहने नेपाली बिद्यार्थीहरुलाई विभिन्न बिकसित मुलुकहरु अमेरिका , अस्ट्रेलिया , युके, क्यानडा , साउथ कोरिया ,न्युजिल्यान्ड ,जर्मनी , डेनमार्कका विभिन्न कलेज तथा बिस्व बिद्यालयमा बिद्यार्थीहरुलाइ पढ्नको लागि चाहिने सम्पूर्ण प्रक्रियामा सहयोग गर्दै आइरहेको छ ।
लामिछाने राजदुतको हैसियतले विभिन्न देशमा अध्ययनको लागि जान चाहने र गएका बिद्यार्थीहरुलाई मोटिभेसनल स्पिच सङै मनो-सामाजिक परामर्श दिने काम गर्दै कम्पनीको मार्केटिंगमा आफ्नो कलाको माध्यमं बाट सहयोग गर्ने कुरा फोर स्टेपकी अधक्ष्य दिपा लामिछानेले बताएकी छन् ।
Prev Post