काठमाडौ :
लोकप्रिय तथा मेगास्टार गायक राजेशपायल राई ‘राई इज किङ’को नयाँ गीत सार्वजनिक भएको छ। केशव राईको शब्दमा रहेको ‘गाउँबेसी ’ बोलको गीत राजेशपायलको स्वरमा सार्वजनिक भएको हो ।
यस गीतमा पछिल्लो समयका चर्चित संगीतकार तथा गायक राई नबिनले संगीत दिएका छन्। विशाल चौरारी टिभी युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन् भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन्। सार्वजनिक भएको गीतको बारेमा बोल्दै राजेशपायलले गाउँघरको शब्दहरुले आफुलाई गाउमै पु¥याउने बताए।
उनले भने,‘गाउँघर, भञ्ज्याङ चौतारीहरुलाई बिम्ब बनाएर लेखिएका शब्दहरुले मलाई औधी छुन्छ। गीतकार केशव राईले गाउँलाई मज्जाले खिपेका छन्,’ राजेशपायलले भने। त्यस्तै गीतकार केशवले पनि आफ्नो पहिलो गीत महागायक राजेशपायलको स्वरमा ल्याउने चाहना पुरा भएको बताए । केशवले भने,‘युकेमा बसेपनि गाउँघरकै याद आइरहन्छ।’
सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो। यो गीतको भिडियोमा क्यामेरा, इडिट, कलर तथा ड्रोन विशाल राईको रहेको छ।