सुचना, समाचार र मनोरन्जन

रेखाको सहकार्यमा खुल्यो पुजा शर्मा र प्रदीप खड्काको ७ वर्षपछि बोली

काठमाडौं :

नेपालमा कुन कलाकारको कोसँग कतिबेला ठाकठुक पर्छ पत्तै हुँदैन। अनि को कलाकार कतिबेला कोसँग नजिक हुन्छ थाहै हुँदैन। पुजा शर्मा र सुष्मा कार्कीबीचको लामो समय पानी बाराबार थियो। उनीहरुलाई अभिनेत्री रेखा थापाले धेरै मिलाउने कोसिस गरेकी थिइन्। तर उनी असफल भइन्।

Pach Pandav

रेखा आफैले निर्माण गरेको फिल्म ‘उपहार’मार्फत दुवैलाई अभिनय गराएर भएपछि पानी बाराबारको अवस्थालाई तोडिदिइन्। यता पुजा र अभिनेता प्रदीप खड्काबीचको मनमुटाव बढेको ७ वर्ष भयो। उनीहरु फिल्म ‘प्रेम गीत’पछिको बोलचार र भेटघाट ७ वर्षको अन्तरालमा भएको छ। शनिबार काठमाडौंमा आयोजित गोपिकृष्ण अवार्ड कार्यक्रममा रेखा थापाको उपस्थिति भएको थियो। उक्त कार्यक्रममा पुगेका थिए पूजा शर्मा र प्रदीप खड्का पनि।

अभिनेत्री रेखा थापासँग अन्तर्वार्ता दिइरहँदा प्रदीपले त्यहीँ पुगेर रेखालाई भेट गरेका थिए। सोही क्रममा छेवैमा रहेकी पुजा पनि पुगिन्। दुवैको बोलचाल नभएको रेखालाई प्रष्ट थाहा थियो। त्यसैले रेखाले उनीहरुबीचको बोलचाल खुलाएकी हुन्। प्रदीप र पूजालाई वर्षौंपछि एउटै ‘फ्रेम’मा देख्दा उनीहरुका फ्यान खुशी देखिएका छन्।

Leave A Reply

Your email address will not be published.