सुचना, समाचार र मनोरन्जन

सहायक भुमिका निवार्ह गर्दै आएका विजय बराललाई दर्शकले हिरो स्वीकार्लान्

काठमाडौं :

अधिकांश फिल्ममा सहायक भुमिका निवार्ह गर्दै आएका अभिनेता हुन् विजय बराल । उनले फिल्म ‘कबड्डी,जारी,दिमाग खराब’लगायत अधिकांश फिल्ममा उनी दयाहाङ राईका सहायक पात्रको रुपमा अभिनय गर्दै आएका थिए। दर्शकले पनि उनलाई सहायक पात्रमा रुचाइरहेका बेला पहिलो पटक मुख्य पात्रका रुपमा अभिनय गरेका छन्।

Pach Pandav

सोमबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म ‘पुर्ण बहादुरको साराङ्गी’मा अभिनय गर्नका लागि लामो समयसम्म सोच्नुपरेको बताए। आफुलाई मात्र फाइदा होइन निर्माता पनि नडुबुन् भन्ने उनको चाहाना रहेको बताए। फिल्ममा काम गर्दाको अनुभव सुनाउँदै उनले चरित्र अनुसारको हिरोइनसँग रोमान्स रहेको बताए।

उनी पहिलो पटक हिरो बनेपछि दर्शकले हिरोको रूपमा स्वीकार्लान कि नस्वीकार्लान भन्नेमा चिन्तामा छन्। तर फिल्मको प्रचारका सामाग्री पोस्टर,ट्रेलर, गीत दर्शकले मन पराएपछि यो कलाकार हो, केही न केही गर्छ भन्ने विश्वास तय गरेको हुनाले केहि ढुक्क रहेको बताए।

सरोज पौडेलको निर्देशनमा बनेको यो फिल्ममा विजय बराल,अञ्जना बराईली,प्रकाश सपुत,मुकुन भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मलाई विनोद पौडेलको टिमले निर्माण गरेको हो। पछिल्लो समय यो फिल्मको ‘रैचा चाँदिको’बोलको गीत चर्चामा रहेको छ।

Leave A Reply

Your email address will not be published.