काठमाडौँ,
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए ।
मन्त्रीसँगको छलफलपछि प्रधानमन्त्री शाहले सोमबार प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न प्रदेशका सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।
‘प्रधानमन्त्री ज्युले प्रदेशवाइज सांसदसँग छलफल गर्ने योजनाअनुसार अहिले कर्णाली प्रदेशका सांसदहरूसँगको छलफलमा हुनुहुन्छ तर को–को भन्ने पुरै जानकारी भएन’, प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने– ‘एउटा प्रदेशका सांसदहरूसँग सकेर अर्को प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको बुझिएको छ ।’