Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
बिहीबारदेखि देवघाट–दामोदरकुण्ड पदयात्रा
चितवन,
धार्मिकस्थल देवघाटधामबाट कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्म पुग्नेगरी ऐतिहासिक कालीगण्डकी पदयात्रा गरिने भएको छ । देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा यही जेठ २२ गतेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा गरिने भएको हो ।
जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचार–प्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य एवं पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
दुई सय २० मिटर सामुद्रिक सतहदेखि चार हजार ९९० मिटरसम्मको उचाइको यात्रा २२ देखि २५ दिन समय लगाएर गरिनेछ । कालीगण्डकीको महत्व र उपयोगिताको प्रचार–प्रसार शालग्राम र गण्डकीतीर्थहरूको दर्शन पूजन, कालीगण्डकी सभ्यताको संरक्षण, धार्मिक एवं प्राकृतिक पर्यटनको प्रवद्र्धन, आध्यात्मिक साधनाको निरन्तरता दिने उद्देश्यले पदयात्रा गर्न लागिएको संयोजक पौडेलले बताए ।
–––