Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ९ करोड कमाउँदै ब्लकबस्टर, आर्थिक वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म
- लक्ष्मी गिरी अभिनित ‘भागदौड’ असार २६ मा प्रदर्शन हुने, अनिशा श्रेष्ठ र घनश्याम जोशी मुख्य कलाकार
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन सम्पन्न, ५८ बालबालिका फाइनलका लागि छनोट
- शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
- भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन, ३९६ सिटको क्षमता
- मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’असाजमा,नारायण त्रिपाठीको दुई दशकपछि कमब्याक
- नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
- मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल
- पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश
- हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
‘पर्यटक आकर्षित गर्न सम्पदाको प्रचारप्रसार आवश्यकः प्रदीप पौडेल
काठमाडौँ,
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पर्यटक आकर्षित गर्न प्रचारप्रसार आवश्यक रहेको बताएका छन ।
अठारौ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री पौडेलले नेपालका ती सम्पदाको आवश्यक प्रचारप्रसार गर्न सके पर्यटन उत्थानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्री पौडेलले भन्नुभयो, “यो पृष्ठभूमिमा राससले आफ्नै स्रोतबाट फोटो प्रदर्शनीको आयोजना गर्नु सृजनशील काम हो । यसबाट नेपालका सम्पदा प्रवद्र्धनका लागि प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।”
नेपालका सबै महत्वपूर्ण गन्तव्य र प्राकृतिक सम्पदासँग जोडिएकाले यो एउटा उत्कृष्ट फोटो प्रदर्शनी भएको उल्लेख गर्दै उनले प्रदर्शनीमा राखिएका तस्बिरबाट धेरै ठाउँको बारेमा बुझ्ने अवसर मिलेको बताए । उनले भने, “यहाँका तस्बिरले हाम्रो प्राकृतिक सौन्दर्यतालाई विश्वव्यापीकरण गर्न सहयोग पुग्छ । पर्यटनको माध्यमबाट देशको आर्थिक अवस्था बलियो बनाउन सक्छौँ । जलवायु परिवर्तनले हामीलाई धेरै असर गरेको छ । हाम्रो हिमालयन सम्पदाहरु बिस्तारै क्षयीकरण हुँदै जाने अवस्था छ । त्यतातिर पनि हामीले ध्यान दिन जरुरीछ छ ।”
नेपालमा जस्तो हिमालय सम्पदा संसारमा अरू कसैसँग नभएको पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले हाम्रा प्राकृतिक स्रोतसाधनमाथि राज्यबाट जति लगानी हुनुपथ्र्यो त्यति हुन नसकेको स्वीकार गरे । नेपालले ‘स्वास्थ्य हिमालय हेल्थ क्लाइमेट’ नामक अन्तरराष्ट्रिय मञ्च गठन गर्न लागिरहेको बताउँदै उनले त्यसमार्फत हिमालमा जलवायु परिवर्तनबाट भइरहेको असर न्यूनीकरण गर्न चाल्नुपर्ने कदमबारे अन्तरराष्ट्रिय बहस पैरवी गर्न सहज हुने धारणा राखे ।
यसअघि राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले पाहुनालाई स्वागत गर्दै नेपालमा केही छैन तथा गणतन्त्रपछि केही भएको छैन भन्ने भाष्य चिर्न पछिल्ला तीन वर्षदेखि राससले संस्कृति र सम्पदा, पूर्वाधार विकास र हिमालसम्बन्धी तस्बिर प्रदर्शनी गरी भए÷गरेको कामलाई उजागर गर्ने कोसिस गरिरहेको बताए ।
Next Post