Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने
- महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी
- पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण
- रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
- ‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
- राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
- प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह
- चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
- राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
पर्यटकीय गन्तव्य ढोरपाटन जोड्ने सडक बन्दै
बागलुङ,
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक निर्माण दुई खण्डमा भइरहेको छ । रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोड्ने गरी २०७८ सालमा निर्माण थालिएको उक्त सडकले तराई र पहाडलाई जोडेको छ । बुर्तिङबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर (पहिलो खण्ड) हाल ग्राभेल भइरहेको छ भने फल्लेघरदेखि देउरालीसम्मको (दोस्रो खण्ड) मा कालोपत्रको तयारी छ ।
पहिलो खण्ड २०८० वैशाखसम्म ग्राभेल गरिसक्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको काम सकिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले जानकारी दिए। पहिलो खण्ड ग्राभेल गर्न चार वर्ष अगाडि स्वच्छन्द र ओम÷बुद्ध जेबीले जिम्मा पाएको थियो । समयमै काम गर्न नसक्दा चार पटक म्याद थप गरिएको छ ।
तीस महिनामा सक्ने गरी २०७८ कात्तिकमा सम्झौता भएको इन्जिनियर पौडेलले बताउनुभयो । अहिले सडक फराकिलो बनाउने, कल्भर्ट निर्माणलगायत काम भइरहेको छ । रु २५ करोड ६१ लाखको लागतमा सो सडक स्तरोन्नति भइरहेको छ ।
“पहिलो खण्डको काम यसअघिदेखि नै सुस्तरुपमा भएको थियो, अहिले निमाण कम्पनीले गति बढाएको छ,” इन्जिनियर पौडेलले भन्नुभयो । दोस्रो खण्ड कालोपत्र गर्न गत असारमा सम्झौता भएकामा हाल धमाधम भइरहेको छ । उक्त खण्ड कालोपत्र गर्न ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग रु १६ करोड ४८ लाखमा सम्झौता भएको इन्जिनियर पौडेलले बताउनुभयो । अहिले सडक फराकिलो बनाउने, नाला निर्माणलगायत काम भइरहेको छ । आगामी २०८४ असारसम्म सक्नुपर्ने काम हालसम्म १२ प्रतिशत मात्र सम्पन्न भएको उनले बताए । विसं २०६८ मा रूपन्देहीदेखि सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटनसँग जोडिएको छ ।
Prev Post