
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बङ्गालको खाडीमा विकसित पानी पार्ने प्रणाली थप बलियो बन्दै
- कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
- एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले १ करोड ५० लाख पाउने
- ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्योः स्वास्थ्यमन्त्री मेहता
- मिथिलामा कोजाग्रत पूर्णिमाको उल्लास
- जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
- सरकारले चार वटा हिमतालको सतह घटाउने
- एनपीएलमा एक्सटेपको निरन्तर साथ, पुनः बन्यो अफिसियल एपेरल पार्टनर
- लेकसाइडको क्याम्पिङ चौरमा भोलिदेखि क्रिकेटको रौनक
- पोखराको मालेपाटन ग्राउन्डमा एनपीएलका सबै खेल निःशुल्क प्रत्यक्ष प्रसारण हुने
कांग्रेस सभापति थापा पोखरामा
गण्डकी,
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन । सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरे ।

नेपाली कांग्रेसको विशेष महाधिवशेनबाट पार्टीको सभापतिमा निर्वाचित बनेपछि उहाँ पहिलोपटक पोखरा आउनुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गरेका अवस्थामा आउनुभएका सभापति थापाले नेपाली कांग्रेस कास्कीको कार्यालयमा कार्यकर्ता भेटघाट एवम् उनको प्रमुख आतिथ्यतामा नेपाली प्रदेश समितिको बैठक बस्ने प्रदेश प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
बैठकमा गण्डकी प्रदेशभित्रका पार्टीका तर्फबाट उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य सहभागी बन्ने उनले बताए । बैठकमा सभापति थापाले विशेष सम्बोधनसँगै निर्देशन दिने कार्यक्रमसमेत तय भएको उनले बताए । निर्वाचनलाई लक्षित गरी राजनीतिक दलका शीर्षनेता पोखरा आउनेक्रम सुरु भएको छ ।
Prev Post