Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक फिल्म
- प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार
- १३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम
- ‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
- रुकुमपश्चिमकाे पर्यटक लोभ्याउने ‘ठूली दह’
- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
कांग्रेस सभापति थापा पोखरामा
गण्डकी,
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन । सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरे ।
नेपाली कांग्रेसको विशेष महाधिवशेनबाट पार्टीको सभापतिमा निर्वाचित बनेपछि उहाँ पहिलोपटक पोखरा आउनुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गरेका अवस्थामा आउनुभएका सभापति थापाले नेपाली कांग्रेस कास्कीको कार्यालयमा कार्यकर्ता भेटघाट एवम् उनको प्रमुख आतिथ्यतामा नेपाली प्रदेश समितिको बैठक बस्ने प्रदेश प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
बैठकमा गण्डकी प्रदेशभित्रका पार्टीका तर्फबाट उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य सहभागी बन्ने उनले बताए । बैठकमा सभापति थापाले विशेष सम्बोधनसँगै निर्देशन दिने कार्यक्रमसमेत तय भएको उनले बताए । निर्वाचनलाई लक्षित गरी राजनीतिक दलका शीर्षनेता पोखरा आउनेक्रम सुरु भएको छ ।
Prev Post