Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक फिल्म
- प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार
- १३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम
- ‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
- रुकुमपश्चिमकाे पर्यटक लोभ्याउने ‘ठूली दह’
- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पोखराबाट सभापति थापाले भने नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छ
गण्डकी,
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताएका छन । कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए ।
“नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै जवाफ दिनु आवश्यक छ” सभापति थापाले भने,“नागरिकमा अविश्वास बढ्दै गएको छ । चरम निराशा छ । यी सबै कुरालाई आत्मसात गर्दै देशलाई सम्हाल्नु छ । देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्छ ।”
सभापति थापाले राष्ट्रमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै अब भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा आफ्नो पार्टी बदलिएर चुनावमा आएको उल्लेख गरे । उनले नेपाललाई विगतमा हिंसाको आहालबाट बाहिर निकालेको कांग्रेसले अब भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्ने बताए ।
निर्वाचनलाई केन्द्रमा राखेर हरेक मतदाताका घरघरमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति थापाले जनतासँग कुरा गर्नुुका समस्यालाई धैर्यताका साथ सुन्नुपर्नेमा जोड दिए । “देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी पार्टी निर्वाचनमा होमिएको छ । अब कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देशसहित जनतामाझ जानुपर्छ । सबै पार्टी पङ्क्ति एकताबद्ध भएर निर्वाचनमा होमिऔँ”, उनले भने ।
बैठकपछि सभापति थापा पार्टीको गण्डकी प्रदेश समितिको बैठकमा सहभागी भएका छन । उनलाई पार्टीका प्रदेश सभापति शुक्रराज शर्माले स्वागत गरेका थिए ।
बैठकको सुरुआत गर्दै सभापति शर्माले आम जनताको चाहनाअनुरुप देशलाई अघि बढाउनका लागि कांग्रेसको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको बताए।
निर्वाचनमार्फत पार्टीलाई थप सशक्त बनाएर देशका हरेक समस्यालाई समाधान गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकताअनुसार परिचालित हुन निर्देशन दिए ।
बैठकमा प्रदेश समितिका पदाधिकारीसहित गण्डकी प्रदेशमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।
Prev Post