नेपाल कल्याण समाज जापानको आयोजनामा “नेपालबाट आएका अभिभावक भेटघाट कार्यक्रम” भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका संयोजक उपाध्यक्ष विष्णु शर्मा रहनु भएको यस कार्यक्रमको सञ्चालन खेमराज सापकोटा (राजु) ले गरेका थिए।
कार्यक्रमको व्यवस्थापन दाल मसाला रेष्टुरेण्ट (खामोनोमिया) का प्रोप्राइटर श्री कृष्ण प्रसाद खरेलले गरेका थिए। उनले स्वागत मन्तव्यसहित सम्पूर्ण कार्यक्रम व्यवस्थापनको भूमिका पनि निर्वाह गरे । कार्यक्रमको सभापतित्व नेपाल कल्याण समाज जापानका अध्यक्ष श्री सुवर्ण भट्टले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रूपमा NRNA जापानका महासचिव टिकाराम खरेल ज्यु उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथि रूपमा अर्लाङकोट सेवा समाज जापानका अध्यक्ष गोपाल सापकोटा ज्यू सहभागी भएका थिए। नेपालबाट जापान भ्रमणमा पुगेका विशिष्ट अभिभावकहरु ताराखर सुबेदी र पार्वती सुबेदी ज्यूहरुको पनि विशेष आतिथ्यता सहित सम्मान गरिएको थियो।

सो अवसरमा नेपाल कल्याण समाज जापानका उपाध्यक्ष काशीराम भण्डारी, प्रमोद लोहनी, कोषाध्यक्ष भिम ढकाल, महासचिव केशव सुबेदी, तथा सल्लाहकारहरु जय खड्का र निराजन मल्ल संस्थाकी पूर्व सचिव बर्षा अधिकारी पूर्व सदस्य प्रभा अधिकारी लगायत अन्य विभिन्न संघसंस्था प्रतिनिधिहरू र समाजका सम्पूर्ण सदस्यहरू साथै जापानभरिबाट आएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि टिकाराम खरेल, विशेष अतिथि गोपाल सापकोटा र अध्यक्ष सुवर्ण भट्टले मन्तव्य राख्दै अभिभावक सम्मान कार्यक्रमको महत्त्वपूर्ण पक्षलाई उजागर गरेका थिए । कार्यक्रमको समापन भजनकीर्तन र सांस्कृतिक नाचगानसहित हर्षोल्लासपूर्वक सम्पन्न गरिएको थियो।