काठमाडौं :
सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ। खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ।गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ।
भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ। उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ।गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो। पौडेलका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन्।