सुचना, समाचार र मनोरन्जन

२७ विधामा पाँचौ नेपाल म्युजिक एन्ड फेशन अवार्ड प्रदान

काठमाडौँ :

फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा शनिबार बेलुका सम्पन्न भएको छ ।समारोहमा अग्रज गायिका मिरा राणालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित भईन्। तर स्वस्थ्य समास्याका कारण उनी कार्यक्रममा उपस्थित हुन सकिनन्।

समारोहमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संगीतकार दिपक शर्मालाई दशकको संगीत सम्मानसहित विभिन्न स्रस्टालाई सम्मान प्रदान गरे । कार्यक्रममा चलचित्र निर्माता रौनक बिक्रम कँडेल, चलचित्र फोटो पत्रकार कुबेर डंगोल, फोटोपत्रकार बद्री थापा, गायक डेविड शंकर, नृत्य निर्देशक प्रदीप कुमार रसाईली, युवा उद्यमीद्धय नवराज पाण्डे र कपुर साउद पनि कार्यक्रममा सम्मानित भए।

समारोहमा फेसन र मोडलिङ तर्फ उत्कृष्ट फेसन डिजाईनर अफ दि इयरको अवार्ड पटुकी फेसनबाट सञ्जिता बरालले, फेसन डिजाईनको जुरी अवार्ड काजल शर्माले, फेसन मोडल अफ दि इयरको अवार्ड दिक्पाल कार्कीले, फेशन कोरीयोग्राफर अफ दि इयरको अवार्ड अश्विनी कान्त झाले, मेक आर्टिष्ट अफ दि इयरको अवार्ड टेक राज पाण्डेले, इभेन्ट म्यानेजर अफ दि इयरको अवार्ड सम्राट प्रसाद शाहले, बेस्ट डान्स कोरीयोग्राफर ९पेजेन्ट०को अवार्ड सन्दीप भुजेलले, बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर अवार्ड निशु कान्त झाले प्राप्त गरे।

Pach Pandav

आधुनिक तर्फ उत्कृष्ट गायकको अवार्ड मायाले सजाउँलाबाट ओम सुनारले, गायिकाको अवार्ड यो दिलको पाईलटबाट स्वती भट्टले, गीतकारको अवार्ड मलाई तिमी मन प¥योबाट हंस राज जोशीले,म्युजिक भिडियो महिला मोडलको अवार्ड हे गोरीबाट मल्लिका राजोपाध्यायले, महिलाको जुरी अवार्ड शिला गजुरेलले, पुरुष मोडलको अवार्ड तप तप पानीबाट दिलीप ओखेडाले प्राप्त गरे।

यस्तै म्युजिक भिडियो मेकअप अवार्ड नगर दोमनबाट मनिषा श्रेष्ठ ९कमला०ले, कोरियोग्राफी ९स्टेज प्रस्तुति०को अवार्ड मायाँ भन्दा ठुलोबाट केशव कोईरालाले हाँसिल गरे । यस्तै नेपाल भाषातर्फ गायनको अवार्ड छँगु मतिनाया आशयबाट राजकुमार मानन्धरले र मुसुहुँ न्हिलाबाट सुनिल चित्रकार जुरी अवार्ड प्राप्त गरे।

लोकगीत तर्फ लोक गीत गायनको अवार्ड हरि भजनबाट शान्ती कुमारी शाहीले, लोक दोहोरीकै जुरी अवार्ड ओए सोल्टिनीबाट आयुमी तामाङले, लोक दोहोरी गायकको अवार्ड बालेनको शहरबाट चन्द्र शर्माले, लोक दोहोरी गायिकाको अवार्ड मायाँ पिरतीको गाउँबाट नम्रता खरेलले, लोक दोहोरी गीत रचनाको अवार्ड छोड सताउनबाट डब्बु क्षेत्रीले, लोकदोहोरी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड पानको पातबाट पल शाहले, महिला मोडलको अवार्ड यो दुनियाँ त बेग्लैबाट जुना कार्कीले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड एक नम्बरी सुनबाट रबिता मगरले हाँसिल गरे।

यस्तै चलचित्र तर्फ गीतकारको अवार्ड न मेटिएको घाउको बाहिरी पीडाले भन्दाबाट बिकाश बिष्टले, चलचित्र संगीतकारको अवार्ड एक्टर वान टेक चलचित्रको के भरोसा गरमबाट हर्कुलस बस्नेतले हाँसिल गरे।

सरिता भारतीको संयोजन एवम् बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न समारोहमा गायक डेविड शंकर, ओम सुनार, रमेश पठकले आफ्ना चर्चित गीतबाट कार्यक्रममा रौनक बढाए । आयोजक : स्टार वान इन्टर टेनेमेन्ट प्रालिद्धारा आयोजित सो कार्यक्रमको निर्णायकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुब प्रसाद न्यौपाने, नृत्यांगना एलिजिबा पुन मगर, गायकहरु चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्र राज बराल र म्युजिक भिडियो निर्देशक केशब राज भट्ट थिए ।

Leave A Reply

Your email address will not be published.