सुचना, समाचार र मनोरन्जन

विवाह बन्धनमा बाँधिने तयारीमा नीति शाह,नीतिको बिहेको खुशीमा नाचे पल र बेनिशा

काठमाडौं :

शुक्रबार अभिनेत्री तथा पूर्वमिस इन्टरनेशनल नीति शाह विवाह बन्धनमा बाँधिँदैछिन्। उनी प्रेमी याञ्चित राणासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्।

विवाहको पुर्वसन्ध्यामा नीति र याञ्चितका आफन्त र साथीभाइको नाचगान चलेको छ। कार्यक्रममा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी, ओसिन सिटौला, अश्मी श्रेष्ठ, आकृति राजभण्डारी लगायतले आफ्नो विशेष प्रस्तुति पनि दिएका छन् पल र बेनिशाले ‘मैसाबले’, ‘झुमझुम झुम्केका’, ‘जनम् जनम् जिउला सँगै’ जस्ता गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर परिवारका साथलाई रमाइलो गरेका छन्।

बुधबार लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टमा सांगितिक कार्यक्रममा नव अभिनेत्री आकृतिले आफ्नो डेब्यु फिल्म ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने निगालो चोयाले’मा नाचेर उपस्थितलाई मनोरञ्जन दिलाइन्। त्यसै गरि सोही कार्यक्रममा सन्ध्या र ओसिन हिन्दी फिल्म ‘देवदास’को ‘डोला रे डोला रे’ गीतमा नाचे । कार्यक्रममा नीति र याञ्चितले पनि एकल र संयुक्त रूपमा नृत्य प्रस्तुत गरे।

गत बैशाखमा कानूनी विवाह गरेका नीति र उनका प्रेमीले भोली विवाह बन्धनमा बाँधिन लागेका हुन्। आज दोस्रो गीत नीति र याञ्चितको विवाह समारोहका मेहेन्दी सेरेमनीको कार्यक्रम चलेको छ। विवाह समारोहमा राजेश हमाल,अनमोल केसी,पल शाह लगायतलाई निम्तो नीतिले पठाइसकेकी छन्।

Leave A Reply

Your email address will not be published.