काठमाडौं :
एक्सन स्टार निखिल उप्रेती र निरुता सिंहलाई पुन एक साथ पर्दामा देख्ने भएका छन्। निर्माण टिमले निखिलका अलवा यस फिल्मलाई निरुता सिंहलाई अनुबन्ध गरेको छ। यसअघि यो फिल्ममा प्रियंका कार्की,जसिता गुरुङलाई पनि अनुबन्ध गरेको थियो।निरुताले पछिल्लो समय अभिनेत्री तथा निर्मात्री रेखा थापाको फिल्म ‘३६ को आँकडा’मा अभिनय गरेकी छन्। जुन फिल्म आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउदैछ।
फागुन अन्तिमा नै छायांकनमा जाने भनिएको यस फिल्मलाई कृषा चौलागाईंले निर्देशन गर्ने भएकी छन्। एक्सन जनराको प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो। जुन समिक्षात्मक हिसावले बलियो थियो भने ‘पिताम्बर’को पनि राम्रै चर्चा थियो। यस फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्।