सुचना, समाचार र मनोरन्जन

दया र उपसनाको अभिनित ‘मायालु’ गीतलाई ९ घण्टामा ६८ हजार भ्युज

काठमाडौं :

दयाहाङ राई र उपसना सिंह ठकुरी अभिनित फिल्म ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीतलाई दर्शकले ९ घण्टामा ६८ हजार पटक हेरेका छन्। फिल्ममा समावेश गीत ‘मायालु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म ६८ हजार भन्दा बढि दर्शकले हेरेका छन्।

फिल्मको गीतलाई दर्शकले मन पराएका छन्। अधिकांशले दया र मिरुनाको जोडीलाई बधाई दिएका छन्। यो समाचार तयार पार्दासम्म २१४ कमेन्ट आएको छ। जहाँ नराम्रो कमेन्ट कसैले पनि पोस्ट्याएका छैनन्।

Chaka Panja

फिल्मको गीतमा अभिनेता दयाहाङ र अभिनेत्री उपासनाबीचको प्रेम दर्शाइएको छ भने उनीहरुको केमेस्ट्री समेत सुहाएको देखिन्छ । आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको गीतमा गीतकार हर्क साउदको शब्द रचना, प्रताप दास र ममता गुरुङको स्वर तथा उज्ज्वल सागरको संगीत सुन्न सकिने छ।

सिमोस सुनुवारद्वारा निर्देशित फिल्ममा दयाहाङ र उपासनासँगै सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कमलमणी नेपाल, कविता आले, विल्सन विक्रम राई, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला, विनोद न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ भने सुशन प्रजापतिको छायांकन,प्रदीप भारद्वाजको लेखन रहेको छ । किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन् ।

Leave A Reply

Your email address will not be published.