Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ग्लोबल फिनटेक फेस्ट २०२६ : पेटिएमले जितेको विधामा यसपटक नेपाली कम्पनी आइमार्कको प्रतिस्पर्धा
- विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री
- सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन
- ‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
- ‘मिसेस ग्राण्ड ग्लोबल वुमन २०२६’ मा अन्तर्राष्ट्रिय सफलतापछि हाउस अफ फेसनद्वारा ‘मिसेस भोग सीजन फोर’ को घोषणा
- ‘वीर गणेशमान’ ऐतिहासिक नाटक भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने
- ८ वर्षपछि रेखा थापाको कमब्याक: सार्वजनिक भयो तीज गीत ‘नक्कल पारी’
- कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक
- सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
- डिजिटल प्लेटफर्ममा चलचित्र ‘बेहुली’को दबदबा: दोस्रो गीत ‘म भईन भने’ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड
पोखरामा नवौं पर्वतीय महोत्सव हुने
कास्की : पोखरामा नवौं पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्न लागेको महोत्सव पाँच दिन चल्नेछ।
यही मंसिर २३ देखि २७ गते अर्थात् ८–१२ डिसेम्बरसम्म अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने पर्वतीय महोत्सवमा पाँचै दिन विभिन्न गतिविधि हुने आयोजकले जनाएको छ। इसिमोड, डब्लुडब्लुएफ, एफएओ, नेपाल टेलिकम, एक्याप, बर्ड कन्जरभेसन नेपाल लगायतका संघ, संस्थासँग महोत्सवले सहकार्य गरेको छ।
महोत्सव अवधिमा संग्रहालयको सभाकलमा दैनिक अन्तक्र्रिया हुनेछन् भने संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि हुने छन् । यी खेलमा सहभागी भई आगन्तुकले मनोरञ्जन लिन सक्ने छन् ।
महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको छ । महोत्सव आयोजना गर्न ३२ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवका लागि आवश्यक खर्चको प्रबन्ध आयोजक र सहकार्य गरेका संघ, संस्थाहरुबाट व्यवस्थापन गरिनेछ ।
‘पर्वतीय महोत्सव अरु आम महोत्सवभन्दा पृथक र विशिष्ट छ । पर्वतारोहण, नेपालको हिमाल, हिमाली संस्कृति, संग्रहालय जस्ता विषयमा रुचि राख्नेहरु प्राथमिकतामा भए पनि हामी सबै प्रकारका दर्शकलाई स्वागत गर्न उत्सुक र इच्छुक छौँ । यसपालिको महोत्सव ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरेका छौँ ‘, आयोजकले उल्लेख गरेको छ । पर्वतीय पर्यटन, पर्वतीय वातावरण सरंक्षण र यसले समाजमा पार्ने प्रभावसम्बन्धी जनचेतना बढाउने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् २००३ देखि ‘अन्तर्रास्ट्रिय पर्वतीय दिवस’ ११ डिसेम्बरका दिन मनाउन प्रारम्भ गरेको थियो ।
संसारमा बढ्दो औद्योगिकीकरणका कारण बढेको विश्व तापमान, अनियन्त्रित वनफडानी, पर्वतीय वातावरणमा भएको असामान्य परिवर्तन जस्ता विषयवस्तुले पर्वतीय क्षेत्रमा नकारात्मक असर पारेको सर्वविदितै छ । यस प्रकारको असरले पर्वतारोहण पर्यटनलाई र अन्तमा समग्र अर्थतन्त्रलाई समेत प्रभावित पार्ने देखिन्छ ।
तसर्थ पर्वतारोहण पर्यटनका सम्बन्धमा जनमानसमा चेतना अभिवृद्वि गरी पर्वतीय वातावरण संरक्षणमा जोड दिँदै दिगो पर्वतीय विकास गर्नका लागि हरेक वर्ष पर्वतीय महोत्सव हुँदै आएको छ । महोत्सवले पर्वतीय क्षेत्रमा बासिन्दाको आर्थिक स्तर अभिवृद्धि गर्र्दै पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतको महत्व उजागर गर्न योगदान गर्ने छ । पर्वतीय वातावरण संरक्षण कसैको पनि एकल प्रयासबाट सम्भव छैन ।
त्यसैले यो क्षेत्रका सबै सरोकारवाल, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ, संस्था, सरकारी निकाय, व्यापारिक संघ,संस्था, विज्ञ र सर्वसाधारणलाई समेत एकै ठाउँमा राखेर विद्यमान समस्या, ती समस्याका समाधानका उपाय खोज्दै सम्भावनाहरुलाई मानवहितमा उपयोग गर्ने महोत्सवले योगदान गर्ने आयोजकको अपेक्षा छ ।