सुचना, समाचार र मनोरन्जन

अडिसनबाट छानिए ‘पूजार सार्की’मा अञ्जना र परीक्षा 

काठमाडौं :

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’मा दुईजना अभिनेत्री भित्रिएका छन् । सोमबार अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बू फिल्मका लागि अनुबन्धित भएका हुन्।

अन्जनाले फिल्म ‘महापुरुष’बाट डेब्यू गरेकी थिइन् भने परीक्षा लिम्बू सुपरहिट फिल्म ‘छक्का पञ्जा ४’लगायत फिल्ममा काम गरिसकेकी अभिनेत्री हुन्। अञ्जना अभिनित फिल्म ‘चित्रा’ प्रदर्शनको तयारीमा रहेको छ।

Pach Pandav

निर्माण पक्षका अनुसार उनीहरुलाई अडिसनबाट  दुवै छानिएका हुन्। यस फिल्ममा अभिनेताका रुपमा आर्यन सिग्देल,पल शाह र प्रदीप खड्का अनुबन्धित भइसकेका छन्।

आगामी माघको पहिलो हप्ताबाट पश्चिम नेपालमा छायांकन गरिने यस फिल्मलाई विकास सुवेदीले लेखेका हुन्। फिल्मलाई संगीतकार समेत रहेका सुभाष भुषालले निर्माण गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.