सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2025

पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन

भन्सार विभागले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमास ९साउन–असोज०सम्म १ खर्ब २२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको छ । तर, कुनै पनि महिना लक्ष्य भने भेटिएन । विभागले असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको…

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ…

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, यी कागजात पूरा गरे सहजै जान पाइने

काठमाडौँ, सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड आजैदेखि लागू भएको जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले…

मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

काठमाडौँ, मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी…

वर्षाका कारण देशभरका ७ ठाउँमा सडक अवरुद्ध

वर्षाका कारण देशभरका सात ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार पाँचथर, ओखलाढुङ्गा, काभ्रे, रसुवा, सिन्धुली, मुस्ताङ र म्याग्दीमा सडक अवरुद्ध भएको हो । काभ्रेको कोक्सिकुना, बिरुवाडाँडा, नमोबुद्ध र रोशी गाउँपालिकामा पहिरो…

मुस्ताङमा बाढी पहिरो: कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ, अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक खण्डको आधा दर्जन स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन…

अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार, नवीकरणमा २५ सय

काठमाडौँ, अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने भएको छ । सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था गरेको हो । यस अनुसार अनलाइन सञ्चारमाध्यम…

मनास्लु क्षेत्रमा ढुंगा लागेर घाइते भएका पर्यटकको २ दिनदेखि हुन सकेन उद्धार

गोरखा, मनास्लु क्षेत्रमा ढुंगाले लागेर घाइते भएका एक जना पर्यटकको दुई दिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए ।…

भोलिदेखि मौसममा सुधार हुने

भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार आज कोशी, मधेश,…

कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द

खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका छन् । भद्रपुर विमानस्थल भने खुल्ने क्रममा विमानस्थल कार्यालयले जनाएको छ । हिजो र आजको वर्षाका कारण हवाई यातायात प्रभावित भएको हो । विभिन्न एयरलाइन्स…