सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

काठमाडौँ/ सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनको भाउ…

आमिर खानको घरमा खुसीको माहोल

काठमाडौं : बलिउड अभिनेता आमिर खानको घरमा खुसीको माहोल बनिरहेको छ । सामाजिक सञ्जालमार्फत आफ्नो घरमा खुसीको माहोल बनेको भिडियो तथा तस्विरहरु सेयर भइरहेका छन्। उनको घरमा खुसी छाउनुको वास्तविकता भनेको आमिरको छोरीको विवाहले गर्दा हो। उनको छोरी…

म्याग्दीमा आठ महिनामा छ पुल निर्माण

म्याग्दी/ म्याग्दीमा आठ महिनाका अवधिमा छवटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ । सङ्घीय सरकारमार्फत चार र प्रदेश…

मृत जीवजन्तु व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाको पहल

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाले मृत जीवजन्तु व्यवस्थापन गर्न प्रस्ताव आह्वान गरेको छ । इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले आफ्नो फर्म, संस्था वा कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर–मू.अ.क दर्ता प्रमाणपत्र, आ।व। २०७९÷०८० को कर…

मुग्लिन पोखरा सडकखण्डमा जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

 पोखरा/ मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम…

हर्क साम्पाङको कार्यकक्षमा यलम्बरको तस्वीर

काठमाडौँ/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो…

कांग्रेस केन्द्रीय समिति बैठकमा आजपनि मन्त्रीहरुको धारणा राख्ने

काठमाडौँ/ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आज मन्त्रीहरुसहित केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने…

न्युरोड युवा क्लबद्धारा विद्यार्थीलाई न्यानो स्वीटर वितरण

पोखरा/ न्युरोड युवा क्लबले महेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरेको छ । उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको उपस्थितिमा वितरण गरिएको थियो । यो चिसो मौसममा…

शिवालयका विद्यार्थीलाई मिडिया साक्षरतासम्बन्धी तालिम

पोखरा/ कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई बिहिबार मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम दिइएको छ । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको तालिममा मिडिया र सूचनासम्बन्धी साक्षर हुने…

लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरे

लेखनाथ/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ…