सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, राष्ट्रिय किताबखानाले आर्थिक वर्ष २०८२÷८३ को सम्पत्ति विवरण ६० दिन भित्र बुझाउन निजामती कर्मचारीहरूलाई निर्देशन दिएको छ । श्रावण १ गतेदेखि ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ अन्यथा मनासिव कारण भएकोमा बाहेक नबुझाउनेलाई…

मुख्यसचिवमा कार्की नियुक्त

काठमाडौँ,  सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको…

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक

काठमाडौँ, मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा ८ निर्णय सार्वजनिक गरेका हुन्। बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास…

तिलिचो ताल पदमार्गमा आश्रयस्थल निर्माण

मुस्ताङ, तिलिचो ताल पदमार्गमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले उक्त स्थान निर्माण गरेको हो ।   एक्याप जोमसोमको रु १२ लाख ३५ हजार ५५० लागतमा मुस्ताङको…

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ, धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने…

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत, जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ । पालिकाको लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट ‘उपाध्यक्षको सुत्केरी पोषण’…

वन कार्यालय बन्दीपुरका अधिकृत १२ हजार घुससहित पक्राउ

काठमाडौँ,  सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उनलाई सेवाग्राहीसँग नगद रु १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।…

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं  : सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियर र सहजकर्ताको व्यवस्था सुरु गरिएको छ। नेपाल सरकार,…

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी, पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । गत जेठमा ५००…

बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

जनकपुरधाम : बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको बाख्रा खोरबाट मिमियाहट सुनिन्छ । हातमा घाँसको बोरा बोकेर खोरतर्फ लागेकी दनुवारको अनुहारमा अहिले फरक आत्मविश्वास झल्किन्छ ।…