सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं : नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुने…

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका ‘बन्दिपुर’

गोरखा : छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ ।…

सरकारका १०० दिनः सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय

काठमाडौँ, मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले…

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको छ ।…

तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँ, यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका…

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ असार २६ मा, जोन राईदेखि दिपक…

काठमाडौँ : 'रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२' को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। आम सङ्गीत पारखीहरूलाई समेटिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै Xtreme Energetic Performer…

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती, बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी…

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ । फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले  पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र…