सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी

कास्की, पर्यटकीय राजधानी पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्याइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो । पूर्वमा सेती नदी, पश्चिममा साबिकको ट्राफिक भवन,…

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो । आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल…

सोमबार कतिमा हुदैँछ सुनचाँदीको कारोबार?

काठमाडौं, नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि भएको छ। मूल्य…

सौराहामा पर्यटकको आगमन उत्साहजनकः व्यवसायी

चितवन, सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक…

सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् । बैठक दिउँसो १२ बजे सिंहदरवारमा बस्नेछ । प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट…

कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको नयाँ प्रयास

तराईका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘कृत्रिम गन्ध सङ्केत’ प्रविधिको परीक्षण शुरु गरिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तुलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याइएको हो ।…

आवासको सुनिश्चित गरेर सुकुमवासी बस्ती खाली गरिएको होः प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले सुकुमवासी बस्ती खाली गरिएको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नागरिकहरूलाई हटाउने उद्देश्यले सुकुमवासी बस्ती…

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ, नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् । समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित…

लिपुलेक विवादः यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा शुरु गर्न लागिएको विषयमा हिजो…

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को…