सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

 ताप्लेजुङ : जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् । सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङहेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र…

निर्धारित समयमा कांग्रेसको महाधिवेशन हुनुपर्ने

चितवन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए…

रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

धादिङ : पानीमा हिलो, घाममा धुलो । वर्षैँभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी विस्तारै फेरिँदैछ । नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ । …

महाकालीमा पानीको बहाब बढ्यो, चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाँग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना…

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ : घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । भानु नगरपालिका–९ चितीखोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ…

खेती गर्ने समय पनि परिवर्तन हुँदै

मनाङ : फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ । यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ । जिल्ला ती खाद्यन्नमा…

मोटरसाइकल एकापसमा ठोक्किँदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको…

नवलपरासीको टाँडीस्वारामा विषालु च्याउ खाँदा १६ जना बिरामी

नवलपरासी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनमा ढलानको काम गर्न गएकाहरू भोजमा च्याउ खाएर बिरामी भएका हुन् ।…

पाखाबारीमा लोभलाग्दो केराखेतीः १५ लाखसम्म आम्दानी

म्याग्दी, बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर…

धानबालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिता दिएको छः कृषिमन्त्री अधिकारी

काठमाडौँ, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धानबालीको प्रवर्द्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले धान बालीको…