सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने

काठमाडौँ/ एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।…

सुनको भाउ आज स्थिर

काठमाडौं/ शुक्रबार उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार पनि सोही मूल्यमा अडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ…

म्याग्दीको अर्जेखोलामा चल्ने पुल बन्यो

म्याग्दी/ जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको…

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने

काठमाडौं/ त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ । सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल…

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौ/ आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सामान्यदेखि कतै पूर्ण बदली छ । तर कोशी र गण्डकीका एक दुई ठाउँबाहेक अरू ठाउँमा अति ठूलो…

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

तनहुँ/ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम…

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बाग्लुङ/ सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५…

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथी गोली प्रहार

काठमाडौं/ अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली…

आज नयाँ प्रधानमन्त्रीको नियुक्ति हुँदै

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।…

आज असार ३० गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार ३० गते  आइतवार १४ जुलाई २०२४। आषाढ शुक्लपक्ष, अष्टमी तिथि, १४ः४७ बजेपछि नवमी। चित्रा नक्षत्र, २०ः१४ बजेपछि स्वाती। चन्द्रराशि कन्या, ७ः०२ बजेपछि तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको उपलब्धिले काममा…