सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

पाल्पा/ अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । दुई दिनदेखि परेको झरीका कारण तानसेन नगरपालिका-८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।…

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

विराटनगर/ पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ । पानीको बहाव…

तनहुँको पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुईजनाको खोजी जारी

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुईजनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति भेटिएको हो । पहिरोमा परी बेपत्ता ३७ वर्षीया अनिषा…

फिल्म ‘माइली’ मा गायिका कमला घिमिरे अनुबन्धित

काठमाडौं : बाल्यकालमा नै दोहोरी गाएर चर्चामा आएकी गायिका कमला घिमिरेले फिल्ममा अभिनय गर्ने भएकी छन्। उनी रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ अनुबन्धित भएकी हुन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्मबाट गायिका…

जमलमा क्यान्सर रोगीहरुको सहयोगार्थ तारा थापा स्वर्णिम साँझ

काठमाडौं : लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ ‘तारा थापा स्वर्णिम साँझ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजना भएको उक्त कार्यक्रममा नृत्य शिरोमणि भैरब बहादुर थापाको प्रमुख आतिथ्यता रहेको…

नारायणी नदीमा २२ वर्षयताकै धेरै पानी : ४ लाख ३६ हजार क्यूसेक मापन

नवलपरासी/ नारायणी नदीमा २२ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार क्युसेक पानीको बहाव मापन भएको छ । सन् २००२ मा नारायणी नदीमा चार लाख २९ हजार क्युसेक पानी बगेको थियो । त्यसबेला नारायणीको बाढीले…

बाढी, पहिरो र डुबानमा परी ११ जनाले ज्यान गुमाए : ८ बेपत्ता, १२ जना घाइते

काठमाडौ/ वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान…

नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो

चितवन/ नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लरहरु भत्काउँदा पुलसमेत बगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक…

सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

धरान/ सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी…

आजको मौसम: साधरणदेखी पुणतया बदली

काठमाडौं/ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी,…