सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो

काठमाडौँ, भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ । निर्वाचन प्रक्रिया र प्रणाली सुधारका…

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं : परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ। पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने…

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको छोटियो दूरी

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ। जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको…

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुरः बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम बढ्न थालेको छ। पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम चलिरहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोलेसमेत ठूलो डढेलोको रूप लिने…

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादः आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौँ, डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा पर्सि चैत १ गते सुनुवाइ हुने भएको छ । विद्युत् नियमन आयोगले त्यसदिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गर्ने जनाएको छ । विवादित महसुलका…

अब ग्यास आधा सिलिन्डर मात्रै पाइने, ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह

काठमाडौँ, अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । आयल निगमले नियमित रुपमा माग अनुरूप नै…

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

बागलुङ, नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए। नेपाल विद्युत्…

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र…

पानी परेसँगै वायु प्रदूषण घट्यो

काठमाडौँ, हिजो बेलुकी र राति भएको वर्षाले प्रदूषण घटाएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ । हिजोसम्म एक्यूआई १ सय ५० भन्दा माथि थियो । वायु…

पश्चिम एसिया सङ्कटः अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार गरिदै

काठमाडौँ, सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा…