सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

वर्षाले चार दिनमै लियो २७ जनाको ज्यान, १ हजार ८२ परिवार प्रभावित

काठमाडौं : पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार असोज ८ देखि ११ गतेसम्मको अवधिमा भएका विपद्का घटनामा चार…

चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक, अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात आवागमन गराइएको डिभिजन सडक…

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

मनाङ, अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।…

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही

काठमाडौँ, विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो । विशेष आर्थिक…

भोटेकोशी बाढीः कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की, रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था,…

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ, शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले…

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

म्याग्दी : रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ। आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले सामान निकालेर घर अगाडिको सडकमा थुपार्नुभयो। ती सामान लगेर…

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथर : पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्। सुकबहादुरका छिमेकी धनमाया…

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

लमजुङ : ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली । वरिपरि हरियाली पहाड र शान्त वातावरण । लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित सिङ्दी गाउँ पुग्दा देखिने यिनै दृश्यले यहाँको मौलिक पहिचान…

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्योः जनस्वास्थ्य कार्यालय

चितवन, जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा आर्थिक वर्ष २०८२÷०८३ मा यो सङ्ख्या बढेको हो । जनस्वास्थ्य कार्यालयका जनस्वासथ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत…