सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

अटो मेकानिक्सका तालिम शुरु

पोखरा, दिगो तथा सम्मानित रोजगारीका लागी शिप परियोजना अन्र्तगत पोखरामा १६ दिने अटो मेकानिक्स तालिम शुरु भएको छ । पोखरामा कार्यरत सानो इन्जिन तथा इलेक्ट्रोनिक मेकानिक्सहरुको क्षमता बृद्धि गराउने उद्धेश्यले तालिम आयोजना गरीएको आयोजक संस्था…

पठाओ र इनड्राइभका १०२ जना चालक ट्राफिकको कारबाहीमा

काठमाडौँ, उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ । यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको हो । धेरै भाडा असुलेको आरोपमा ६ जनालाई…

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६० अङ्कले बढेर दुई हजार ६९४ दशमलव ६६ को विन्दुमा कायम भएको हो । आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार…

सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम

काठमाडौं : सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि वित्तीय हस्तान्तरणमार्फत प्रदेशहरुलाई रु ९७ अर्ब ६५ करोड चार लाख बजेट पठाएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण आर्थिक वर्ष २०८२÷८३ प्रतिवेदनअनुसार सबैभन्दा…

उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा संचालन

काठमाडौं : उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल, नेपालले जेठ १९ गते २ वटा बस संचालन गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट संचालन हुने…

कथा महाकालीको माछा बेचेर जीविका चलाउनेको

कञ्चनपुर, :  भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन्। महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छन्  । माछा…

गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् । नेकपा (एमाले) को संसदीय दलको आज…

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

नवलपुर, निजी प्रयोजनका लागि दर्ता गरिएका रातो नम्बर प्लेटको सवारीसाधनलाई गण्डकी प्रदेश सरकारले भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिन लागेको भन्दै यातायात व्यवसायीले गरेको आन्दोलनका कारण यात्रुले सास्ती पाएका छन् । गण्डकी प्रदेश सरकारले…

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

तनहुँ, तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको…

कालिका नगरपालिकामा जिपिएस प्रणालीमा आधारित घर नम्बर

चितवन,  जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो । नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को वीपी चोकस्थित एक घरमा…