सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2026

भान्सामा व्यस्त महिलाले बाढी आएको पत्तै पाएनन्

काठमाडौं : गत भदौ १० गते बुधबार बिहान छोराछोरीलाई स्कुल पठाउने चटारो थियो महिलालाई। “भान्सामा खाना पकाउनै व्यस्त थिए, उनीहरू। भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन् । अन्ततः उनीहरू घरभित्रैबाट बिलाए”, भोटेकोशी बाढीपीडित अवलोकनमा…

भोटेकोशीको बाढी सम्पूर्ण नेपालीको साझा पीडा होः प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले…

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो: बालेन

काठमाडौं, प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । यो सिंगो…

अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग

काठमाडौँ, संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ । बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत…

संसद सेवाका २० अधिकृत प्रधानमन्त्री कार्यालयमा खटाइए

काठमाडौं, संघीय संसद सचिवालयले आफ्ना २० जना शाखा अधिकृतहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ । भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीका प्रभावितहरूको उद्धार तथा राहत सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न…

पारदर्शी आर्थिक व्यवस्थापनको एजेन्डासहित कोषाध्यक्षमा देवेन्द्र प्रजु

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा वर्तमान कार्यसमिति सदस्य देवेन्द्र प्रजुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। भदौ २० र २१ गते हुने महाधिवेशनमा उनी क्रम संख्या २ बाट चुनावी प्रतिस्पर्धामा छन्। लामो समयदेखि…

भाइको प्रतीक्षामा रामकुमार

सप्तरी : रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा…

रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।…

घट्न सकेन किशोरी आमा बन्ने क्रम

चितवन : स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ । …

हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार

काठमाडौं, नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ ।…